वाईसीएल वागमती प्रदेशले भन्यो– एमसीसीले गठबन्धन टुटे पार्टीलाई हौसला दिन तयार छौं
नेपाल प्रेस
२०७८ माघ १९ गते १८:१३
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको वागमती प्रदेशको बैठक सम्पन्न भएको छ ।
हिजोदेखि सुरु भएको बैठक दुई दिन चलेर आज सकिएको हो ।
बैठकले प्रदेशभर प्रशिक्षण चलाउने निर्णय गरेको छ ।
एमसीसी कै कारणले गठबन्धन टुटे पनि पार्टीलाई ढुक्कसंग अघि बढ्ने हौसला र साथ दिन संगठन तयार रहेको पनि वाइसीएलले बताएको छ ।
स्थानीय चुनावमा युवाहरुको तागत एकजुट बनाएर पार्टीको उपस्थिति बलियो बनाउन लागि पर्ने बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया
लुटुेर खान पाईन्छ । जति हाैसला दिए पनि भयाे नि ।