चुनावका लागि आयोगको ताकेतापत्रसहित सरकारलाई अनेरास्ववियुको ध्यानाकर्षण – Nepal Press

चुनावका लागि आयोगको ताकेतापत्रसहित सरकारलाई अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको चुनावको मिति चाँडै तोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।

स्थानीय निर्वाचनको मितिका लागि दबाब दिँदै अनेरास्ववियुले केही दिनदेखि देशव्यापी खबरदारीका कार्यक्रम गरिरहेको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोली आज बिहान निर्वाचन आयोगबाट मार्चपाससहित बालुवाटार पुगेको थियो ।

चुनावको मिति यथाशीघ्र घोषणा गर्न आयोगको ताकेता पत्र लिएर गएको अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्ट मार्फत प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर