झारफुकको क्रममा बालिकाको हत्याआरोपी ‘माता’ जेल चलान
नेपाल प्रेस
२०७८ माघ २० गते १७:३७
काठमाडौं । झारफुक गर्नेक्रममा बालिकाको हत्या गरेको आरोप लागेकी ‘माता’ उमा ठकुरी जेल चलान भएकी छिन् ।
काठमाडौँ जिल्ला अदालतले थुनछेक आदेश गर्दै ठकुरीलाई जेल चलान गर्ने निर्णय सुनाएको हो । नागार्जुन नगरपालिका-१ रानीवनमा झारफुकका लागि राखिएकी एक १४ वर्षीया बालिकाको पुस २३ गते उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीले हत्या आरोपमा मातालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर