सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात, तीन राजमार्ग अवरुद्ध (तस्बिरहरु) – Nepal Press

सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात, तीन राजमार्ग अवरुद्ध (तस्बिरहरु)

कैलाली । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात परिरहेको छ । आज अपराह्नदेखि परेको हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण पहाडी जिल्लाका राजमार्ग समेत अवरुद्ध भएको छ ।

हिमपातका कारण बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भइरहेको छ ।

डोटीको गैरा, डडेल्धुराको साहुखर्क, हगुल्टे लेक लगाएतको क्षेत्रमा भारी हिमपात भइरहेको छ । हिउँ परेपछि सडक अवरुद्ध भएको सुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए । ‘केही स्थानमा हिउँले सडक अवरुद्ध भएको छ उनले भने’, सडक सुचारु गराउने काम पनि भइरहेको छ ।

यहाँ तेस्रोपटक हिमपात भएको हो। यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *