किसान आन्दोलनमा साथ दिन सीके राउतको अपील – Nepal Press

किसान आन्दोलनमा साथ दिन सीके राउतको अपील

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनलाई निर्णायक बनाउन अन्य राजनीतिक दल तथा संघ- संघठनहरुलाई सहयोगको अपील गरेको छ ।

पार्टीका महासचिव चन्दनकुमार सिंहले विज्ञप्ती जारी गरी ‘संयुक्त किसान आन्दोलन मोर्चा’को आवश्यकता देखिएकाले मोर्चामा सहभागी हुन किसानको हित चाहने राजनैतिक दल तथा संघ-संगठनहरूसँग अपील गरेका छन् ।

बिहीवारदेखि जनमत पार्टीले पूर्व-पश्चिम राजमार्ग पुनः बन्द गराउने घोषणा गरेको थियो । तर प्रहरीले दमन गरेपछि आन्दोलन पूर्ण प्रभावकारी हुन सकेन् ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, पेन्सनको व्यवस्था हुनुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी पुस ९ गतेदेखि आन्दोलित छ । तर सरकार आफ्नो माग बेवास्ता गरेको आरोप जनमत पार्टीले लगाउँदै आएको छ ।

सरकारले हालसम्म पनि किसान आन्दोलनलाई पूर्ण रूपमा बेवास्ता गरेको, उल्टै आन्दोलनमाथि दमन गरेको, झुठा मुद्दा लगाएको तथा आन्दोलनकारीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गरी हिरासतमा यातना दिइराखेको जनमत पार्टीको आरोप छ ।


प्रतिक्रिया

One thought on “किसान आन्दोलनमा साथ दिन सीके राउतको अपील

  1. किसान को माग पूरा गर्नु पर्यो किनकी जुन सुकै बडा ठुला कर्म चारी चाहे तियो प्रधान मन्तरी को पिय या कुनै बडा पुलिस अफसर या कुनै ठुला बैगयानिक नै या कुनै सिक्षा मन्त्री इन्जिनियर लगायत पृथ्वी बासी लाई चाहिने केहो सुरुमा सब लाई खाना चाहिन्छ र तियो खानाको लागि आनाज किसानले उबजायर दिन्छ किसान हरु आनाज उबजाउन लाई के घाम पानी हुरि हावा असिना जस्तो सुकै मौसम मा खेतमा उत्रिएका हुन्छ नसमय मा मल पाउछ न समयमा आनाज बेचेको पैसा पाउछ 800 को मल 1600 किननु पर्छ अनि तेहि नेता मन्त्री कर्म चारी हरु बसि बसि मजाले आफ्नो घर आफिस मा मजाले यसि हिटर चालायर खुसी खुसी खान्छ्न तियो बेला सोचदैन किसानले उबजाको आनाज हो सोचनु पर्ने किसानको माग पूरा हुनुपर्छ म पनि एउटा किसान को छोराहो जय किसान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर