प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त – Nepal Press

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले उनलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो ।

नियुक्ति नपाए पनि परियारले बालुवाटारमै बसेर प्रेस विज्ञको काम भने शुरुदेखि नै गरिरहेका थिए ।

परियार देउवाको अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको प्रेस विज्ञ नियुक्त भएका थिए ।

मन्त्रिपरिषदको एउटै बैठकले प्रधानमन्त्रीको भाषणविज्ञमा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर