कर्णालीमा देवी ओलीलाई मन्त्री बनाउन नेकपा एसका नेताको लबिङ, मन्त्रीमण्डल विस्तार प्रभावित हुनसक्ने – Nepal Press

कर्णालीमा देवी ओलीलाई मन्त्री बनाउन नेकपा एसका नेताको लबिङ, मन्त्रीमण्डल विस्तार प्रभावित हुनसक्ने

सुर्खेत । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर थापाले आफ्नो पार्टीकी सांसद एवम् सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीलाई कर्णालीको मन्त्री बनाउन लबिङ थालेका छन् । उनीहरु शीर्ष नेतालाई दबाब दिन आज काठमाडौं जाँदैछन् ।

कर्णाली सरकार विस्तारबारे प्रचण्ड, देउवा र नेपालबीच भएको भनिएको सहमतिविपरीत दुवै नेताहरु समाजवादीले कर्णालीमा तीन मनत्रालय पाउनुपर्ने र देवी ओलीलाई मन्त्री बनाउनुपर्ने माग लिएर काठमाडौं जान लागेका हुन् । यससँगै यहाँ भोलि हुने भनिएको मन्त्रीमण्डल विस्ता प्रभावित हुनसक्ने देखिएको छ ।

रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद ओली, दलका नेता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रदेश सांसद पदम रोकाया, उपमहासचिव ज्वाला र अध्यक्ष थापाबीच शुक्रबार बसेको बैठकले तीन मन्त्रालयको दाबी नछाड्ने निष्कर्ष निकालेको थियो ।

‘केन्द्रबाट कांग्रेसले तीन, माओवादीले तीन र समाजवादीले दुई मन्त्रालय पाउने पत्र आइसकेको छ ।


प्रतिक्रिया

One thought on “कर्णालीमा देवी ओलीलाई मन्त्री बनाउन नेकपा एसका नेताको लबिङ, मन्त्रीमण्डल विस्तार प्रभावित हुनसक्ने

  1. मन्त्री नपाए पार्टी छाेडने धम्की दिनुभयाे रे म्यामले । प्रकाशलाई बनी आपत।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर