को-को बन्दैछन् प्रदेश १ मा नयाँ मन्त्री ? – Nepal Press

को-को बन्दैछन् प्रदेश १ मा नयाँ मन्त्री ?

इटहरी । मन्त्रालय फुटाउने गुपचुप निर्णय गरेको प्रदेश १ सरकारले नयाँ मन्त्रीहरु थप्ने तयारी गरेको छ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईनिकट स्रोतका अनुसार थपिने नयाँ मन्त्रीमा काग्रेसबाट प्रतापप्रकाश हाङगाम,ओम सरावगी ,शेखर चन्द्र थापा छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट रामकुमार राई, पूर्ण सिंह दर्लामीको नाम सर्ट लिस्ट भएको छ भने नेकपा एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, खिनु लङ्वा र राजन राई लगायतलाई मन्त्री बनाउने तयारी भएको एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धनका ती नेताले नाम प्रकाशन नगर्ने सर्तमा भने, ‘सायद आजै वा ढिलो भएमा यो हप्ताभित्र नयाँ मन्त्रीहरूले सपथ लिएर काममा आउनेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर