राप्रपाको सचिवालय प्रमुखमा गुरुङ नियुक्त – Nepal Press

राप्रपाको सचिवालय प्रमुखमा गुरुङ नियुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय प्रमुखमा हेमजङ्ग गुरुङ नियुक्त भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानअनुसार उनलाई सचिवालय प्रमुखमा मनोनयन गरेका हुन् । गुरुङ अहिले उपाध्यक्ष छन् ।

अध्यक्ष लिङ्देनले यसअघि सचिवालयको सदस्य सचिव पदमा सहायक महामन्त्री रमानन्द न्यौपानेलाई मनोनयन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर