गायिका मंगेशकरको निधनप्रति दुःख व्यक्त गर्दै ओलीले भने : सुगम संगीतमा अपुरणीय क्षति
काठमाडौं । सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधनप्रति पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
गायिका मंगेशकरको निधनबाट सुगम संगीतमा अपुरणीय क्षति पुगेको उल्लेख गर्दै ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यही माघ २३ गते सुप्रसिद्ध गायिका भारतरत्न लता मङ्गेशकरको निधनको खवरले अत्यन्त दुःख लागेको छ । प्रतिष्ठत विभुषणहरु, सम्मान तथा पुरस्कारबाट सम्मानित ९२ वर्षीया उहाँले नेपाली सहित ३० हजार भन्दा बढी गीतमा स्वर दिनु भएको थियो ।
— K P Sharma Oli (@kpsharmaoli) February 8, 2022
प्रतिष्ठित विभूषण, सम्मान तथा पुरस्कारबाट सम्मानित ९२ वर्षिया गायिका मंगेशकरले नेपालीसहित ३० हजारभन्दा बढी गीत गाएको ओलीले ट्वीटमा उल्लेख गरेका छन् ।
माघ २३ गते कोभिड संक्रमणपछिको निमोनियाको कारण मुम्बईमा मंगेशकरको निधन भएको थियो ।