मार्क जुकरबर्ग टपटेन धनीको सूचीबाट आउट, भारतका मुकेश अम्बानी इन – Nepal Press

मार्क जुकरबर्ग टपटेन धनीको सूचीबाट आउट, भारतका मुकेश अम्बानी इन

काठमाडौं । फेसबुक संस्थापक मार्क जुकरबर्ग संसारका सबैभन्दा धनीहरुको १० सर्वाधिक फोर्ब्स सूचीबाट बाहिरिएका छन् ।

फेसबुकको माउ कम्पनी मेटाको स्टक बजारमा गिरावटसँगै उनी १० बाट बाहिरिएर १३ औं स्थानमा झरेका छन् । फोर्ब्सले जुकरवर्गको सम्पत्तिमा कमी आएर ८०.३ बिलियन डलर कायम भएको जनाएको छ ।

यसैसाता फेसबुकका सक्रिय प्रयोगकर्ता घटेको सूचना सार्वजनिक भएसँगै मेटाको स्टक बजारमा गिरावट आएको थियो ।

दोस्रो सर्वाधिक धनी अमेजन मालिक जेफ बेजोस पनि तेस्रो स्थानमा झरेका छन् । बर्नाड आर्नल्ट र उनको परिवार धनीको दोस्रो सूचीमा प्रवेश गरेको छ ।

बिल गेट्स चौंथो, ल्यारी पेज पाँचौ, वारेन बफेट छैटौं, सर्जी ब्रिन सातौं, ल्यारी एलिसन आठौं, स्टिभ बाल्मर नवौं र मुकेश अम्बानी दशौं स्थानमा छन् । मुकेशको सम्पत्ति ९०.३ बिलियन डलर रहेको जनाइको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर