समकक्षता माग गर्दै इग्नुमा अध्ययन गरेका विद्यार्थीहरुको प्रदर्शन (तस्बिरहरु/भिडिओ) – Nepal Press

समकक्षता माग गर्दै इग्नुमा अध्ययन गरेका विद्यार्थीहरुको प्रदर्शन (तस्बिरहरु/भिडिओ)

काठमाडाैं । त्रिभुवन विश्व विद्यालयले समकक्षता दिन अस्वीकार गरेको भन्दै इन्दिरा गान्धी खुला विश्वविद्यालय (इग्नु)मा अध्ययन गरेका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

उनीहरुले समकक्षता दिन माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

त्रिविले सन् २०१८ देखि त्रिविले पूर्वसूचना बिना नै बन्द गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘खै कदर हाम्रो दक्षताको, खै डिग्री हामीलाई समकक्षताको ?’, ‘टियु तिम्रो पाराले, दुःख पाए साराले’, ‘पढ्न पाउने हाम्रो अधिकार तर टियुले गर्यो घोर अत्याचार’, ‘कुनै पूर्व सूचना हैन—समकगता आज छ भोलि छैन’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर