लिङ्देनले बोलाए राप्रपा केन्द्रीय पदाधिकारीको बैठक
काठमाडौं । पार्टीका निवर्तमान अध्यक्ष कमल थापाको वहिर्गमनपछिको अवस्था समीक्षा गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार केन्द्रीय पदाधिकारी बैठक बोलाएका छन् ।
पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा, आसन्न स्थानीय तहको निर्वाचनको तयारी र विविध विषयमा छलफल गर्न राप्रपाले माघ २७ गते बिहीबार पार्टीको केन्द्रीय पदाधिकारी बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टीले कसरी तयारी गर्ने भन्ने विषयमा विस्तृत छलफल हुने श्रेष्ठले बताए ।
बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने निर्णय गरेको विषयमा पनि छलफल हुने बुझिएको छ ।