एमालेको नियमावली संशोधन- केन्द्रीय विभागको आकार बढ्यो, अनुशासनमा कडाइ (पूर्णपाठ) – Nepal Press

एमालेको नियमावली संशोधन- केन्द्रीय विभागको आकार बढ्यो, अनुशासनमा कडाइ (पूर्णपाठ)

कुनै कमिटीका पदाधिकारी र सदस्य कार्यक्षेत्र बाहिर जानुपरे अध्यक्षलाई जानकारी गराउनुपर्ने

काठमाडौं । नेकपा एमालेले नियमावली संशोधन गर्दै केन्द्रीय विभागहरुको आकार बढाएको छ । पार्टी सञ्चालनका लागि एमालेले नियमावलीमा चौथो संशोधन गर्दै केन्द्रका ३३ विभागमा प्रमुख,उपप्रमुख र सचिवसहित प्रत्येकमा ३५ सदस्य रहने व्यवस्था गरेको छ ।

यसअघि एमालेका विभाग २५ सदस्यीय हुने गरेका थिए । तर पार्टी संरचना ठूलो भएको र धेरै नेता कार्यकर्तालाई जिम्मेवारी बाँडफाँड गर्न विभागको आकार बढाइएको हो । विभागका सचिव यसअघि सदस्यहरुबाट छानिने गरेकोमा अब केन्द्रीय कमिटीबाट मनोनयन हुने व्यवस्था गरिएको छ ।

नियमावलीले पार्टी सदस्यता शुल्क मासिक १५ रुपैया कायम गरेको छ । पार्टी सस्यहरुको लेबीको मासिक ५ रुपैया केन्द्रीय कमिटीमा बुझाउनु पर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

सांसद,मन्त्री,प्रधानमन्त्री तथा संघीय सरकारबाट राजनीतिक नियुक्ति लिने व्यक्तिको लेबी केन्द्रीय कमिटीले तोक्ने तथा अन्य जन प्रतिनिधि र नियुक्ति खाने व्यक्तिको लेबी सम्बन्धित कमिटीबाट तोक्ने व्यवस्था गरिएको छ ।

एमालेले अनुसन्धान प्रतिष्ठान र स्वयंसेवी संगठन समेत निर्माण गरी सन्चालन निर्देशिका तयार पारेको छ । नियमावलीमा पार्टीका औपचारिक कार्यक्रममा पार्टीका साथै राष्ट्रिय झण्डा र राष्ट्रिय गान अनिवार्य गरेको छ ।

नियमावलीमा सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानु परेमा अध्यक्षलाई जानकारी दिनुपर्ने व्यवस्था समेत गरेको छ ।

एमालेको संशोधित नियमावली यस्तो छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर