सभामुखलाई एमालेनिकट युवा र विद्यार्थीले काभ्रेमा देखाए कालो झण्डा, केही घाइते – Nepal Press

सभामुखलाई एमालेनिकट युवा र विद्यार्थीले काभ्रेमा देखाए कालो झण्डा, केही घाइते

काभ्रे । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । एक कार्यक्रमका लागि धुलिखेल जाँदै गरेका सभामुखलाई काभ्रेमा कालो झण्डा देखाइएको हो ।

प्रदर्शनकारीले सभामुख सापकोटाको गाडीमा समेत अवरोध गरेका छन् । पदीय मर्यादा कायम गर्न नसक्ने र व्यक्ति हत्याको अभियुक्तलाई सभामुखबाट हटाउन भन्दै उनीहरूले नाराबाजी गरेका छन् ।

सोक्रममा सुरक्षाकर्मीले सुरक्षाकर्मीको कुटाइबाट एमाले काभ्रेका नेता विष्णु काभ्रेली, अनेरास्ववियु जिल्ला इञ्चार्ज शालिकराम पराजुली, सचिव मिलन गौतम, उपसचिव युवराज दाहाल घाइते भएको अनेरास्ववियु काभ्रेले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर