पदमुक्त ५ सांसदको क्षेत्रमा एकलौटी योजना लगिएको भन्दै कर्णाली सभामा एमालेको विरोध – Nepal Press

पदमुक्त ५ सांसदको क्षेत्रमा एकलौटी योजना लगिएको भन्दै कर्णाली सभामा एमालेको विरोध

सुर्खेत । नेकपा एमालेका सांसदहरूले माघ १८ मा सरकार र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमति कार्यान्वयनमा जोड दिएका छन् ।

कर्णाली प्रदेशसभाको बैठकको ढ्यापढ्यापे समयमा एमालेले पदमुक्त भएका पाँच सांसदको निर्वाचन क्षेत्रमा चार करोडका दरले वितरण हुने बजेटमा सरकारले मनोमानी गर्न नपाउने चेतावनी दिएको हो ।

एमालेका प्रमुख सचेतक गुलावजंग शाह, सांसदहरु मिनासिंह रखाल, बद्यमीक्वारी बोहोराले सरकारले गरेको सात बुँदे सहमतिअनुसार रिक्त रहेका निर्वाचन क्षेत्रमा जाने बजेटबारे प्रमुख प्रतिपक्षसँग सहमति गरेर आयोजना अघि बढाउनुको साटो एकलौटीरूपमा अघि बढेको भन्दै आपत्ति जनाए ।

‘माघ १८ गते सहमति भएको छ तर सल्यानमा पूर्वाधार विशेष कार्यक्रममा धमाधम सम्झौता भइरहेका छन् । यो सात बुँदे सहमतिको मर्मविपरीत हो ।’ उनले भने, ‘सहमति कार्यान्वयनमा सरकार लागोस नत्र प्रमुख प्रतिपक्षी दलको वयवहार एमाले देखाउन तयार छ ।’

हाल दैलेखका दुई प्रदेशसभा अम्मरबहादुर थापा र धर्मराज रेग्मी, सल्यानमा प्रकाश ज्वाला, कालिकोटमा कुर्मराज शाही, डोल्पामा नन्दसिंह बुढा पदमुक्त भइसकेका छन् ।

यी क्षेत्रमा रहेको बजेटलाई सरकार र प्रतिपक्षी दलको सहमति अनुसार बजेट विनियोजन गरिनुपर्ने सहमति माघ १८ गते नै भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर