एमसीसीबारे कांग्रेस बैठकमा ब्रिफिङ : गठबन्धनलाई मनाएर अनुमोदन गरौं, जनतालाई पनि कन्भिन्स गरौं – Nepal Press

एमसीसीबारे कांग्रेस बैठकमा ब्रिफिङ : गठबन्धनलाई मनाएर अनुमोदन गरौं, जनतालाई पनि कन्भिन्स गरौं

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठकमा एमसीसी पारित गर्ने र जनतालाई यसबारे बुझाउनुपर्ने विषयमा नेताहरू एकमत भएका छन् ।

बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीको बारेमा ब्रिफिङ गर्न पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई समय दिएका थिए । महतले लामो व्याख्या गर्दै एमसीसी पारित गरेर जानुपर्ने सुझाव दिएको बैठकपछि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।

५५ अर्ब रूपैयाँको अमेरिकी अनुदान सडक र प्रसारण लाइनका लागिमात्र भएकाले यसमा अलमल गर्न आवश्यक नरहेकको कोइरालाले बताए ।

कांग्रेस बैठकमा एमसीसी अश्वीकार गर्दा अन्तर्राष्ट्रिस्तरमा देशको छवि बिग्रिन सक्ने भन्दै गठबन्धनका दलहरूलाई पनि मनाएर जनतालाई कन्भिन्स गर्नुपर्ने सुझाव आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर