थप ३२ सहसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)
काठमाडौँ । सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।
शुक्रवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको सरुवा गरेको हो ।
संघीय मातमत रहेका तीन सहसचिव गृह मन्त्रालय प्रवेश
३२ जना सहसचिवको सरुवा हुदाँ तीन जना सहसचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातमतबाट गृह मन्त्रालय मातहत सरुवा भएका छन् । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव नारायण प्रसाद सापकोटा, श्रवण कुमार पोखरेल र युवराज कट्टेल गृह मन्त्रालय सरुवा भएका हुन् ।
गृह मातहतका दुइ सहसचिव संघीय मन्त्रालय तानिए
गृह मन्त्रालय मातहत रहेका दुई जना सहसचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत तानिएका छन् । जसमा गृह मातहत रहेका सहसचिव राजेश्वर ज्ञवालीको अर्थ मन्त्रालय अन्तरगत सरुवा भएको छ भने, गृह मन्त्रालय मातहत नै रहेका बाबुराम खतिवडाको प्रदेश लोक सेवा आयोग, प्रदेश नम्बर एकमा सरुवा भएका छन् ।
केहि दिन अघि मात्रै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै २९ जना सहसचिवकाे सरुवा गरेकाे थियाे । उक्त निर्णय भने आधिकारीक रुपमा मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेकाे छैन ।
हेर्नुस्- सरुवा तथा पदस्थापना भएका सहसचिवहरूको सूची: