आइतबारबाट बारले आन्दोलनलाई निरन्तरता दिने
नेपाल प्रेस
२०७८ माघ २९ गते १८:४३
काठमाडौं । नेपाल बार एशोशिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध फेरि आन्दोलन सुरु गर्ने भएको छ ।
कोरोनाभाइरस संक्रमणका कारण केही समय स्थगित भएको आन्दोलन आइतबारबाट भौतिक रुपमा नै जारी रहने बारले जनाएको छ ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आइतबार विहान ११ देखि १२ बजेसम्म सर्वोच्चमा आन्दोलन हुने बताए ।
प्रतिक्रिया