महाअभियोगबारे एमालेको प्रतिक्रिया- प्रतिपक्षलाई थाहा नदिइ गलत नियतबाट ल्याइयो – Nepal Press

महाअभियोगबारे एमालेको प्रतिक्रिया- प्रतिपक्षलाई थाहा नदिइ गलत नियतबाट ल्याइयो

सुवास नेम्वाङ भन्छन्- परमादेशबाट मुलुकलाई गलत दिशामा लैजाने प्रक्रियाको निरन्तरता हो

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अप्रत्याशित र सत्ता गठबन्धनको गलत नियतबाट आएको प्रतिक्रिया दिएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल प्रेससँग कुरा गर्दै महाअभियोग प्रस्तावबारे आफूहरूलाई कुनै जानकारी नरहेको र अचानक दर्ता भएपछि मात्र जानकारी भएकाले पार्टीमा छलफल हुन बाँकी रहेको बताए ।

नेम्वाङले भने, ‘उहाँहरू अचेल हामीसँग कुनै पनि विषयमा सल्लाह गर्नुहुन्न । कुन उद्देश्य र नियतबाट महाअभियोग दर्ता गरिएको हो त्यो पनि थाहा छैन । तर, परमादेशबाट मुलुकको राजनीतिलाई गलत दिशामा लैजाने प्रक्रियाको निरन्तरताका रूपमा यो महाअभियोग आएको हो ।’

नेम्वाङले अब एमालेले क गर्छ भन्नेबारे तत्काल प्रतिक्रिया दिन आवश्यक नरहेको र पार्टीमा सल्लाह गरेर निर्णय लिइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर