संसद बैठक फेरि सारियो – Nepal Press

संसद बैठक फेरि सारियो

काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ दिन सरेको छ । संसद सचिवालयले सूचना जारी गर्दै फागुन २ गते सोमबार बस्ने तय भएको बैठक फागुन ४ गते बुधबार १ बजे बस्नेगरी तोकिएको जनाएको छ ।

प्रतिनिधिसभाको बैठक विगत लामो समयदेखि बस्न सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएलगत्तै सभामुखको आदेशमा संसद बैठक २ दिन पर सारिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर