माओवादी र जनमाेर्चाका ३५ नेता कार्यकर्ता एमाले प्रवेश – Nepal Press

माओवादी र जनमाेर्चाका ३५ नेता कार्यकर्ता एमाले प्रवेश

रुपन्देही । राष्ट्रिय जनमोर्चा निकट मजदुर संगठनका काठमाडौं जिल्ला अध्यक्षसहित तीन दर्जन नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

अध्याक्ष  धर्म सिमाली र माओवादी केन्द्र काठमाडौं जिल्ला सदस्य जुद्धबहादुर नेपालीसहित तीन दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरेकाे एमालेले जनाएकाे छ ।

उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले एमालेमा स्वागत गरेका हुन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा उनीहरुलाई एमालेमा स्वागत गर्दै एमाले महासचिव पोखरेलले एमालेको पहिचानलाई थप बलियो बनाउन आग्रह गरेका थिए ।

दाङ स्थायी घर भएका उनीहरु राजधानीमा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आएका थिए ।

जनमोर्चा छाडेर एमालेमा आएका नेता धर्म सिमालीले एमालेले अंगालेको विचारबाट मात्रै देशको विकास हुने ठानेर पार्टी प्रवेश गरेको बताएका थिए ।

उनले अब यही पार्टीमा रहेर देश र जनताको पक्षमा राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरे ।

माओवादी छाडेर एमाले आएका नेता नेपालीले एमालेको नीति र विचारबाट प्रभावित भएर नै प्रवेश गरेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर