व्याजदर वृद्धिले सेयर बजारमा पहिरो, १०१ अंकले घट्यो नेप्से
काठमाडौं । बैंकको व्याजदर वृद्धि र राजनीतिक तरंगले सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो दिन आज १०१.२४ अंकले सेयर बजार घटेको छ । ३.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७००.२८ झरेको हो ।
२ सय २७ वटा कम्पनीको १ करोड १६ लाख ६१ हजार ६६९ कित्ता सेयर खरिदबिक्री भएको छ । आज ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार रूपैयाँको सेयर किनबेच भएको हो ।
सबैभन्दा धेरै अपर तामाकोशीका सेयर घटेको छ । कारोबार भने सबैभन्दा धेरै भएको छ । सेयर मूल्य ८.३७ प्रतिशतले घट्दा पनि अपर तामाकोशीको ३२ करोड ८४ लाख ८ हजार ९ सय रुपैयाँको सेयर कारोबार भयो ।
गत शुक्रबार मात्रै नेपाल बैंकर्स संघले व्याजदर वृद्धि गर्ने निर्णय गरेको थियो ।