महाअभियोगबारे पार्टीमा छलफल भएको छैन : कांग्रेस नेता केसी – Nepal Press

महाअभियोगबारे पार्टीमा छलफल भएको छैन : कांग्रेस नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोग बारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीका आधिकारिक फोरममा यो विषयमा कुनै छलफल नभएको बताए ।

उनले भने, ‘तीन दिनदेखि पार्टीको कार्यसम्पादन बैठक निरन्तर चलिरहेको छ । यो विषय अहिलेसम्म प्रवेश नै भएको छैन् । ’

पार्टीमा छलफल नभएपनि अवरुद्ध न्यायालय खुलाउनु नै महत्वपूर्ण विषय भएको उनले बताए ।

सय दिनभन्दा लामो समयदेखि अस्तव्यस्त रहेको सर्वोच्चको निकासका लागि सरकार र दलहरुल विकल्प खोज्न महाअभियोगको प्रस्ताव आएको हुन सक्ने उनले बताए ।

उनले भने, ‘महिना दिनदेखि जसरी सर्वोच्च अस्तव्यस्त छ । जुन खालको द्वन्द्व थियो । त्यसको निकास निकाल्नुपर्ने थियो, सरकारले । साह्रै ढिलो भइसकेको थियो ।

एमसीसीलाई डाइभर्ट गर्न महाअभियोग प्रस्ताव आएको त होइन् ? भन्ने प्रश्नमा उनले भने, ‘एमसीसीलाई डाइभर्ट गर्न होइन । एमसीसी र महाअभियोग फरक विषय हुन् । यो कसरी भयो, किन भयो, अहिले नै किन भयो म आफै यो विषयमा जानकार छैन् । तर निकास निकाल्नुपर्ने जरुरी थियो । धेरै अगाडि विकल्पहरुमा निर्णय गर्नुपर्ने थियो ।’

गठबन्धनको मतले मात्रै महाअभियोग प्रस्ताव पारित हुने अवस्था नरहेको उल्लेख गर्दै उनले शीर्ष नेताहरुले राजनीतिक सन्तुलन र सदनको गणित हिसाब गरेर नै प्रस्ताव ल्याएको हुनसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर