नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट क्षेत्रीलाई दिएको अवकाश रोक्न सर्वोच्चको आदेश – Nepal Press

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट क्षेत्रीलाई दिएको अवकाश रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आइतवार छलफलको टुंगो नलागेसम्म क्षेत्रीलाई अवकाश नदिन भनेको हो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई फागुन ९ गते उपस्थित हुन अदालतले आदेश दिएको छ ।

क्षेत्रीलाई ५८ वर्षे उमेर हदका कारण पर्यटन मन्त्रालयले अवकाश दिएर उनको ठाउँमा प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरिसकेको छ । तर, अदालतको आदेशपछि अधिकारीले काम गर्न नपाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर