एमालेको आकस्मिक सचिवालय बैठक बालकोटमा जारी – Nepal Press

एमालेको आकस्मिक सचिवालय बैठक बालकोटमा जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा अ‍ोली निवास बालकोटमा जारी छ ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको थियो ।

सचिवालयबाट महाअभियोगको ‘काउन्टरमा एमालेले नीति तय गर्ने ठानिएको छ । त्यस्तै एमालेले सोमबार बिहान संसदीय दलको बैठक समेत बोलाएको छ ।

अध्यक्ष ओलीले राजनीतिक वातावरण बिर्गान महाअभियोग ल्याएको भन्दै त्यसको चर्को विरोध गरेका थिए ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

One thought on “एमालेको आकस्मिक सचिवालय बैठक बालकोटमा जारी

  1. एमाले पार्टीको सचिवालय बैठक भन्छ तर पार्टीको झण्ड छैन् कि सरकारको बैठक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर