अर्थ मन्त्रालय मातहतका राजस्व विभाग र भन्सार विभागका महानिर्देशक फेरिए – Nepal Press

अर्थ मन्त्रालय मातहतका राजस्व विभाग र भन्सार विभागका महानिर्देशक फेरिए

काठमाडौं । अर्थ मन्त्रालय मातहत रहेका आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक फेरिएका छन् । अर्थ मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै दुइ जना सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।

आन्तरिक राजश्व विभागकाे महानिर्देशकको जिम्मेवारी रितेश कुमार शाक्यलाई दिइएको छ भने भन्सार विभागको महानिर्देशकको जिम्मेवारी कमल भट्टराईलाई दिइएको छ ।

शाक्य अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्न महाशाखा प्रमुख एवम मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए । यस्तै भट्टराई राजस्व वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख थिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक सहसचिव शोभाकान्त पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएसँगै विभागमा महानिर्देशकको पद रिक्त भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *