सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने – Nepal Press

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन् ।

तर, प्रमुख विपक्षी एमाले सहभागी नहुने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नरहेको उनले बताए ।

एमालेले अबको कदमबारे छलफल गर्न आजै संसदीय दलको बैठक बोलाएको छ । एमालेले गैरसांसदलाई पदमुक्त गर्न वा सभामुखले मार्गप्रशस्त गर्न माग गरेर सदन अवरोध गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर