शताब्दी पुरुष जोशी अस्पतालबाट घर फर्किए
नेपाल प्रेस
२०७८ फागुन २ गते १४:३०
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।
उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।
तस्बिर सौजन्य : गिरिश गिरीकाे फेसबुकबाट ।
प्रतिक्रिया
सम्बन्धित खवर