कांग्रेस नियोजित षड्यन्त्रमा फस्योः योगेश भट्टराई – Nepal Press

कांग्रेस नियोजित षड्यन्त्रमा फस्योः योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले महाअभियोग ल्याएर स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । एमाले संसदीय दलको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै भट्टराईले यसमा स्थानीय चुनावमा गडबडी गर्ने योजना रहेको समेत बताए ।

‘हिजोको घटना स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप हो,’ उनले भने, ‘सत्ताको लाचार छायाँ बनाउने कुचेष्टा हो भन्ने हामीले बुझेका छौं । आसन्न स्थानीय चुनावमा कुनै न कुनै गडबडी गर्ने योजना छ भन्ने कुरा हामीले बुझेका छौं ।’

भट्टराईले नेपाली कांग्रस ‘नियोजित षड्यन्त्र’ मा फसेको समेत दाबी गरे । उनले भने, ‘सत्ता पक्ष र प्रतिपक्षबीच द्वन्द्व बढाएर मुलुकलाई असफल राष्ट्रतिर धकेल्ने नियोजित षड्यन्त्रमा नेपाली कांग्रेस फस्यो ।’


प्रतिक्रिया

One thought on “कांग्रेस नियोजित षड्यन्त्रमा फस्योः योगेश भट्टराई

  1. देउवालाई पद पाए हुन्छ । जे गर्न पनि तयार । प्रचण्ड नेपाललाई असफल देश बनाउन हात धाेएरै लागेकाे छ । जनताले यसलाई राम्रै कारवाही गर्नेवाला छन् । माधवलाई अध्यक्षमा हारेकाे रिस अझै मरेकाे छैन । उसलाई एमाले र केपिलाई सिध्याउनु मात्रै छ । देश विकास, समृद्वि यस्ता कुरामा मतलव नै छैन ।अलिकति दाम फालिदिए पछि माेहनबिक्रमकाे कम्युनिज्यमकाे साताे जान्छ अनि उपेन्द्र चाहिँ भन्ने मधेश चाहिएकाे पद र पैसा । यस्ता नालायकहरू भएपछि देश त फस्ने नै भयाे नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर