दैलेख आठबीसका पराजित अध्यक्ष र केही एमाले कार्यकर्ता कांग्रेस प्रवेश – Nepal Press

दैलेख आठबीसका पराजित अध्यक्ष र केही एमाले कार्यकर्ता कांग्रेस प्रवेश

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाका रामबहादुर कठायतले नेकपा एकीकृत समाजवादी छाडेका छन् । एक कार्यक्रमका बीच कठायत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका उनी वडा नम्बर ७ को अध्यक्षमा ८ मतले पराजित भएका थिए ।

कठायतसँगै नगर कार्यपालिका सदस्य डबल सुनारले पनि कांग्रेस रोजेका छन् ।

यस्तै, एमाले परित्याग गरेर वडा नं. ७ का प्रेमबहादुर विक, आठबीस ८ का प्रेमबहादुर विक, ३ नम्बरका ज्योति बडुवाल, कमल बडुवाल, ५ नम्बरका भूपेन्द्र रोका मगर, अशोक रोका मगरलाई पनि कांग्रेसमा स्वागत गरिएको छ ।


प्रतिक्रिया

One thought on “दैलेख आठबीसका पराजित अध्यक्ष र केही एमाले कार्यकर्ता कांग्रेस प्रवेश

  1. समाजवादीमा लागेकाहरू काँग्रेस प्रवेश गरेका हुन् एमालेका हाेईनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर