पशुपतिनाथ परिसरभित्रका फूल पसलहरु व्यवस्थित गर्ने सहमति – Nepal Press

पशुपतिनाथ परिसरभित्रका फूल पसलहरु व्यवस्थित गर्ने सहमति

काठमाडौं । पशुपतिनाथ परिसरभित्रका फूल पसलहरु सार्ने सहमति भएको छ । सोमबार पर्यटनमन्त्री प्रेम आले, पशुपति विकासका प्रतिनिधि, सांसद गगन थापा र फुल व्यापारीबीच पर्यटन मन्त्रालयमा भएको छलफलमा पशुपति परिसरमा रहेका फूल पसलहरु सार्ने सहमति भएको हो ।

पशुपति मन्दिर परिसरमा रहेका १६७ वटा फूल पसल अब थप केही समय लिएर व्यवस्थापन गर्न दिइने सहमति भएको पर्यटनमन्त्री प्रेम आलेले बताए ।

उनले भने,‘रहरले फूल बेच्न बस्नुभएको होइन होला । गरिबीकै कारणले होला । त्यसैले हामी निरीह नबनौं । फूल पसलेलाई पनि राहतको व्यवस्था गछौ ।’ उनले पसल व्यवस्थापन गर्न नसके बेइज्जत हुने बताए ।

मन्त्री आलेले केहीदिन अघि पशुपति मन्दिर परिसरमा भएको फूल पसल हटाउन निर्देशन दिएका थिए ।

१५ दिनभित्र पसल हटाउन सूचना जारी भएपछि फूल पसलेहरु आन्दोलित भएका थिए ।

व्यवसायीहरुले पसल नहटाउन मन्त्री आलेलाई आग्रह गर्दै आएका थिए । उनले आज व्यवसायीहरुलाई मन्त्रालयमा नै बोलाएर पसल हटाउने नभइ व्यवस्थित गर्ने सहमति गरेका हुन् । व्यापारीहरु पनि पसल सार्न सहमत भएका छन् । उनीहरुलाई पसल व्यवस्थापन गर्न केही समय दिइने मन्त्री आलेले बताए ।

फूल पसलबाट १ करोड ९ लाख भाडा उठाउन बाँकी रहेको पशुपति विकास कोषले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर