अख्तियारको प्रवक्तामा भण्डारी
नेपाल प्रेस
२०७८ फागुन ३ गते १३:०२
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिइएको छ। मंगलबारदेखि लागू हुनेगरी सहसचिव भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको अख्तियारले जनाएको छ।
‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारीलाई तोकिएको छ’अख्तियारले विज्ञप्तिमा जनाएको छ ।
यसअघि आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसाल रहेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर