साहित्यकार डा. तारानाथ शर्माको निधनमा राष्ट्रपतिद्वारा दुःख व्यक्त
नेपाल प्रेस
२०७८ फागुन ३ गते १४:१४
काठमाडौं । प्रख्यात साहित्यकार डा. तारानाथ शर्माको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।
८७ वर्षीय शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको राष्ट्रपति भण्डारीले बताएकी छन् ।
राष्ट्रपतिले शर्माका दर्जनौँ कृतिका माध्यमबाट उनी हामीबीच अमर रहनुहुने उल्लेेख गर्दै दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।
शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पीडित थिए ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्तासमेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर