महाअभियोग चुनाव सार्ने षडयन्त्र हो : एमाले सचिव विष्ट – Nepal Press

महाअभियोग चुनाव सार्ने षडयन्त्र हो : एमाले सचिव विष्ट

रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव निर्वाचन सार्ने षडयन्त्र भएको बताएका छन् ।

गठबन्धन सरकार संवैधानिक अराजकता र राजनीतिक अस्थिरता पैदा गर्न लागेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले महाअभियोगको प्रस्ताव ल्याएर देशमा अस्थिरता र संवैधानिक अराजकता पैदा गर्न लागेको तर्क गरे ।

बुटवलमा नेकपा एमाले ईस्मा–रुपन्देही सम्पर्क कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विष्टले चोलेन्द्र शमशेर राणाप्रति व्यक्तिगत कुनै मोह नभएको र गुण/अवगुणबारे प्रचार गर्नु जरुरी नभएपनि महाअभियोग सत्तागठबन्धनको निर्वाचन सार्ने षडयन्त्रले आएको बताए ।

उनले साता दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा महाअभियोगबारे केही नबोलेको बताउँदै महाअभियोगको प्रक्रिया लम्बाएर निर्वाचन सार्ने सरकारको योजना प्रष्ट आएको बताए ।

नेता विष्टले एमालेका विरुद्धका चाल्ने कदमलाई पराजित गर्न, संविधानको मूल्य र मान्यता जोगाउन, संबैधानिक अंगको गरिमालाई जोगाउनका लागि चालिने कदममा पार्टी नपर्ने स्पष्ट पारे ।

उनले अदालतलाई प्रयोग गरेर राजनीतिक प्रतिशोध लिने र राजनीतिक परिणाम प्राप्त गर्ने दुरासयका साथ गठबन्धन सरकार अघि बढेको बताउँदै गठबन्धन सरकारले नजर अदालततिर लगाएर निशाना अर्को तिर लगाएको बताए ।

गठबन्धनका दलहरुसंग जनतामा स्थापित हुने कुनै कार्यक्रमहरु नभएकाले अहिले पनि माओवादी, एकीकृत समाजवादी दल चुनावसम्म गठबन्धनमा रहन चाहेको उनको भनाइ थियो ।

‘माओवादी, कांग्रेस, समाजवादी पार्टीसंग जनताको जीवनलाई बदल्ने, रुपान्तरण गर्ने, परिवर्तन गर्ने ठोस प्रकारका कार्यक्रमहरु नै छैनन् अनि एमालेसंगै एक्लाएक्लै चुनाव लड्ने हिम्मत आएको छैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर