एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त, प्रहरीले हान्यो पानीको फोहरा (तस्बिर/भिडिओ) – Nepal Press
एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त, प्रहरीले हान्यो पानीको फोहरा (तस्बिर/भिडिओ)
उमेश कार्की २०७८ फागुन ४ गते १२:४६
२०७८ फागुन ४ गते १२:४६

काठमाडौं । एमसीसीको विरोधमा आयोजना गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड सुरु भएको छ । उत्तेजित आन्दोलनकारीलाई नियन्त्रण गर्न प्रहरीले पानीका फोहरा प्रहार गरिरहेको छ ।

नेकपा माओवादीका भातृ संगठनहरुले वानेश्वरको सडकमा आयोजना गरेको प्रदर्शनका क्रममा तनाव भएको हो । आन्दोलनकारीले अराजक नारावाजीसहित ढुंगासमेत प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका क्रममा एकजना पत्रकार र केही प्रदर्शनकारी समेत घाइते भएका छन् । अहिले माओवादी कार्यकर्ताले एमसीसीविरुद्धमा नारावाजी जारी राखेका छन् ।