१९ अंकले घट्यो नेप्से, ३ अर्ब मात्रै कारोबार – Nepal Press

१९ अंकले घट्यो नेप्से, ३ अर्ब मात्रै कारोबार

काठमाडौं । आज सेयर बजार ९.८४ अंकले घटेको छ । ०.७२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३४.४४ अंकमा झरेको छ ।

दोहोरो अंकले बजार घटेको दिन कोरोबार रकम पनि घटेको छ । आज ३ अर्ब २ करोड ६३ लाख ३० हजार रुपैयाँको बराबरको कारोबार भएको छ । २ सय ३१ वटा कम्पनीको ५६ लाख ५२ हजार १ सय ८२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्तको ३.४४ प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो । धेरै कारोबार भने अपि पावर कम्पनीको भएको छ । सो कम्पनीको २१ करोड १४ लाख ६५ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर