बालुवाटारमा देउवा-प्रचण्ड भेट, गठबन्धन बैठक सारियो – Nepal Press

बालुवाटारमा देउवा-प्रचण्ड भेट, गठबन्धन बैठक सारियो

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक दुई घण्टा पर सरेको छ । अमेरिकी सहायता परियोजना एमसीसीबारे निर्णायक छलफल गर्न गठबन्धनको बैठक दिउँसो तीन बैठक बोलाइएको थियो ।

विहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । उक्त भेटमा आफ्नो आन्तरिक व्यस्तता भएकाले बैठक दिउँसो पाँच बजे सार्न देउवाले आग्रह गरेको र त्यसैअनुसार नयाँ समय तय भएको प्रचण्डको सचिवालयले बतायो ।

सत्तारुढ माओवादी केन्द्रले बुधबार बजरजस्ती एमसीसी टेबुल गर्न खोजिए सरकारबाट बाहिरिने चेतावनी दिएपछि हिजो एमसीसी टेबल गर्नबाट देउवा पछि हटेका थिए । सत्तारुढ घटकबीच मत बाझिएपछि एमसीसीकै विवादले गठबन्धन टुट्ने जोखिम देखिएको छ । एमसीसीबारे छलफलका लागि देउवाले आज गठबन्धनको ‘निर्णायक बैठक बोलाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर