मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त – Nepal Press

मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हमाल एनआरएन थाइल्याण्डका पूर्वअध्यक्ष समेत हुन् ।

बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो । अध्यक्षका लागि पहिलो पटक निकालिएको सूचना विवादमा आएपछि दोस्रोपटक अध्यक्षको लागि आवेदन मागिएको थिए ।

हमाल कांग्रेसनिकट हुन् ।


प्रतिक्रिया

One thought on “मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

  1. एनआरएन भए पछि राम्रै दाम पेलेकाे हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *