गठबन्धन बैठक सकियो, भोलि बिहान १० बजे पुन: बस्ने
काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । भोलि बिहान १० बजे पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक पुन: बस्ने गरी आजको छलफल सकिएको बताए ।
एमसीसीबारे निर्णायक छलफल गर्न बसेको बैठकमा के कुरा भयो भन्ने जानकारी आउन भने बाँकी छ।
सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमसीसीबारे गम्भीर बहस भएपछि कुनै निष्कर्षमा नपुगेको र भोलि पुनः छलफल हुने बताए ।
‘गम्भीर विषयमा गम्भीर छलफल भयो,’ संवादाताहरूसँग कार्कीले भने, ‘संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भयो । भोलि बिहान बैठक बसेर थप छलफल हुने छ ।’
उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्याउने गरी छलफल हुने बताए।