गठबन्धनको बैठक निष्कर्षहीन, १६ गतेभित्र एमसीसी पारित गर्ने प्रधानमन्त्रीको प्रस्ताव – Nepal Press

गठबन्धनको बैठक निष्कर्षहीन, १६ गतेभित्र एमसीसी पारित गर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । पाँच दलीय सत्तारुढ गठवन्धनको वैठक बिनानिस्कर्ष सकिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भोली १० बजे फेरि बस्नेगरी बैठक सकिएको बताए ।

कार्कीका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पुर्‍याउनुपर्ने प्रस्ताव गरेका थिए ।यसका लागि एमसीसी चाँडो टेबुल गर्नुपर्ने उनको भनाइ थियो । तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु एमसीसी टेबुल गर्ने विषयमा सहमत भएनन् ।

प्रवक्ता कार्कीले ३ घन्टा गम्भीर विषयमा गम्भीर छलफल भएको बताए । उनले संवाददाताहरुसँग भने, ‘संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भयो । भोलि बिहान बैठक बसेर थप छलफल हुने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर