पत्नी आरजुसहित प्रधानमन्त्री देउवा ओली निवासमा
नेपाल प्रेस
२०७८ फागुन ५ गते २०:२८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आज बसेको गठबन्धनको बैठकलगत्तै देउवा पत्नी आरजुलाई लिएर बालकोट लागेका हुन् ।
गठबन्धनको बैठकमा देउवाले अमेरिकाले दिएको समयसिमाभित्र एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु यसमा सहमत भएनन् । बैठक विनानिस्कर्ष सकिएको छ ।
तस्बिर : दिनेश भण्डारी
प्रतिक्रिया
सम्बन्धित खवर