कमल थापा राप्रपा नेपालको अध्यक्ष भएको रेकर्ड निर्वाचन आयोगद्वारा अद्यावधिक – Nepal Press

कमल थापा राप्रपा नेपालको अध्यक्ष भएको रेकर्ड निर्वाचन आयोगद्वारा अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले राप्रपा नेपालको अध्यक्षमा कमल थापाको नाम अद्यावधिक गरेको छ । थापा अध्यक्ष बनेको जानकारीसहितको पार्टीले दिएको निवेदन आयोगले सदर गरेको हो ।

पार्टीलाई आज आयोगले पठाएको पत्रमा ‘राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामा भई अध्यक्ष कमल थापा हुनुभएको’ उल्लेख गरेको राप्रपा नेपालले जनाएको छ ।

पत्रमा राजनितिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रीय समिति हेरफेर भएको अध्यावधिक गरी पार्टीलाई जानकारी प्राप्त भएको राप्रपा नेपालका नेता सुशील श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष थापाले केही दिनअघि राप्रपा छाडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर