बालकोटबाट फर्किए देउवा, बार्दलीबाट ओलीले गरे बिदाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ ।
गठबन्धनको बैठकपछि ओलीलाई भेट्न बाल्कोट पुगेका देउवा केही समय अघि मात्रै फर्किएका छन् ।
छलफल सकिएपछी देउवा निस्किदै गर्दा ओली बार्दलीबाट बिदाई गरेका थिए ।
भेटमा के कुराकानी भयो भन्ने विषयमा कोहि पनि बोल्न चाहेनन् ।
गठबन्धन बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमती जुट्न नसकेपछी प्रधानमन्त्री देउवा ओलीलाई भेट्न पत्नी आरजुलाई लिएर बालकोट पुगेका हुन् ।
गठबन्धनको बैठकमा देउवाले अमेरिकाले दिएको समयसिमाभित्र एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु यसमा सहमत भएनन् । बैठक विनानिस्कर्ष सकिएको छ ।