कोभिड प्रतिकार्यलाई २ अर्ब १४ करोड ऋण स्वीकार (मन्त्रिपरिषदका ११ निर्णय)
नेपाल प्रेस
२०७८ फागुन ६ गते १५:२७
काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् ।
सरकारले यसअघि पनि विश्व बैंकबाट कोभिडविरुद्धको खोप खरिदका लागि ऋण सहायता स्वीकारेको थियो ।
प्रतिक्रिया