पूर्व राजाको टिप्पणी- अलमलिएको सरकार, भत्किएको संसद र बिग्रिएको न्यायालयले प्रजातन्त्र दिशाहीन – Nepal Press

पूर्व राजाको टिप्पणी- अलमलिएको सरकार, भत्किएको संसद र बिग्रिएको न्यायालयले प्रजातन्त्र दिशाहीन

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई दिशाहीन बनाएको टिप्पणी गरेका छन् ।

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार पूर्व राजाले जारी गरेको शुभकामना सन्देशमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस् भनिएको छ ।

पूर्व राजाले भनेका छन्– आफ्नो देशको प्रकृति र परवेशबाट पृथक भएर बाहिरी लोभ,प्रलोभनमा पर्नु प्रजातन्त्र होइन । प्रजातन्त्र नियन्त्रित र निर्देशित हुँदैन । यो स्वतः स्फूर्त एवं लोकसम्म हुन्छ र हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर