मन्त्री आलेको घोषणाः केही दिनमै लुम्बिनीमा नेपाल एयरलाइन्सले उडान भर्छ – Nepal Press

मन्त्री आलेको घोषणाः केही दिनमै लुम्बिनीमा नेपाल एयरलाइन्सले उडान भर्छ

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको १०–१२ दिनअघि नै नेपाल एअरलाइन्सको ध्वजावाहक विमानबाट टेष्ट फ्लाइट हुने बताएका छन् ।

शनिबार विमानस्थलको निरीक्षणमा आएका उनले क्यालिब्रेशन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने बताएका हुन् ।

फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुन्छ भनेर डेडलाइन तोकिए पनि करिब ८–९ दिन अघि नै काम सुरु भएको उनको भनाइ छ ।

‘अब १०–१२ दिनको बीचमा नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट टेष्ट फ्लाइट गर्नेछौं । टेष्ट फ्लाइटपछि विमानस्थल उद्घाटनको तयारी गरिने छ ’ मन्त्री आलेले भने । क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को शुभारम्भ गरिने उनले बताए ।

‘विगतमा ५६ दिनमा क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आउने कुरा भएको थियो, तर मैले ४२ दिनमा रिपोर्ट आउने गरी अहोरात्र खटेर काम गर्न आयोजना तथा एरो थाइ कम्पनीका प्रोजेक्ट म्यानेजर तथा नेपालका प्रतिनिधिलाई अनुरोध गरेको छु’, मन्त्री आलेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर