पार्टीकै नेताका फरक कुरा आएपछि नेकपा एसका महासचिवको आयो यस्तो विज्ञप्ति – Nepal Press

पार्टीकै नेताका फरक कुरा आएपछि नेकपा एसका महासचिवको आयो यस्तो विज्ञप्ति

काठमाडौं । एमसीसी सम्झौता संसदमा छलफल गर्न दिने विषयमा सत्तारुढ नेकपा एकीकृत समाजवादीमा फरक मत देखिएको छ ।

बैठकको निर्णयका सन्दर्भमा समेत सम्मानित नेता झलनाथ खनालले एमसीसी टेबल गर्न दिने सहमति नभएको बताएका छन् । तर पार्टी महासचिव बेदुराम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा भने संसदमा छलफल गर्न तयार हुने निर्णय भएको उल्लेख छ ।

यसअघि नेकपा एसका प्रमुख सचेतक जिवनराम श्रेष्ठ र प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संसदमा टेबल गर्ने कुरामा आपत्ति नरहेको तर जस्ताको तस्तै पारित नहुने बताएका थिए ।

बैठकमा पनि सरकारमा सहभागी मन्त्रीहरुले एमसीसीका कारण गठबन्धन कुनै हालतमा टुट्न नहुने धारणा राखेका थिए । बैठकमा खनालले भने अध्ययन कार्यदलको रिपोर्ट पेश गर्दै कुनै हालतमा यसलाई अघि बढ्न दिन नहुने बताएका थिए ।

बैठकको निर्णका सन्दर्भमै नेताहरुका अलग-अलग भनाइ आएपछि महासचिव भुसालले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा बैठकले एमसीसी जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर