‘एमसीसी नेपाललाई अमेरिकी जनताको उपहार हो, अनुमोदन गर्ने कि नगर्ने नेपालको निर्णय हो’
काठमाडौं । संयुक्त राज्य अमेरिकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय नेपालको हातमा रहेको भन्दै अमेरिकाको कुनै हस्तक्षेप नरहने प्रष्ट पारेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले शनिवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय केबल नेपालको सार्वमौम विषय भएको प्रष्ट पारेको हो ।
चीनले एमसीसीका सन्दर्भमा अमेरिकाले नेपालमाथि दबाबमूलक कुटनीतिक हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको भोलिपल्ट अमेरिकाले जवाफ दिएको हो ।
अमेरिकी दूतावासको विज्ञप्तिमा भनिएको छ–नेपाली नेताहरुले एमसीसीको अनमोदन गर्न कि गर्र्दैनन् भन्ने निर्णय नेपालले गर्ने हा । एउटा लोकतान्त्रिक र सार्वभौम मुलुकका रुपमा यो केबल नेपालको निर्णयको विषय हो ।
अमेरिकाले नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष समेत रहेको स्मरण गराउँदै अमेरिका सधैं नेपालको परिर्वतन र विकासको पक्षमा रहेको जनाएको छ ।
दूतावासले एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार भएको समेत जनाएको छ । यसले रोजारी सिर्जना र पुर्वाधार विकासमा सघाउने तथा नेपाली जनताको जीवनस्तर सुधार गर्ने जनाएको छ ।
यस्ताे छ विज्ञप्ती
२०७८ फागुन ७
एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो
काठमाडौं । नेपाल – यो वर्ष नेपाल र अमेरिकाबिचको सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ । नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।
५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबिचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ । यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।
No mcc