प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले गएन – Nepal Press

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले गएन

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक सुरू भएको छ । बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने अनुपस्थित छ ।

आजको संसद बैठकमा सरकारले अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्दैछ । बिहान बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा एमसीसी पेस गर्ने सहमति बनेसँगै सदनमा टेबल गर्न लागिएको हो ।

एमसीसी पेस गर्ने सहमति बनेपनि माओवादी, नेकपा एकीकृत समाजवादीमा केही नेताले असन्तुष्टि जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर